
फिल्म । ब्लकबष्टर फिल्म ‘छक्का पञ्जा’ को तेस्रो तेस्रो सिरिजले युट्युबमा समेत रेकर्ड राख्न सफल भएको छ । युट्युबमा साढे ३ करोड भन्दा बढी पटक हेरिएसँगै यो फिल्म युट्युबमा सबैभन्दा धेरै पटक हेरिएको नेपाली फिल्मको बनेको छ ।
फिल्मलाई बढी भ्यूज प्राप्त भएपछि अभिनेता तथा निर्माता दीपकराज गिरीले दर्शकलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन्,‘यस्तै हैसला र प्रेरणाले काम गर्ने ऊर्जा प्राप्त हुन्छ ।’
हाइलाइट्स नेपालको युट्युब च्यानलबाट साढे ३ बर्ष अगाडि यो फिल्म रिलिज भएको थियो । फिल्मलाई दर्शकले निकै रुचाएका थिए भने यसले १८ करोडको ग्रस कलेक्सन गर्न सफल भएको थियो । दीपिका प्रसाँई, केदार घिमिरे, जीतु नेपाल लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्