यसरी जुर्यो धीरज र मिरुनाको जोडी

फिल्म । तमु ल्होसारको अवसर पारेर घोषणा गरिएको कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ मार्फत धीरज मगर र मिरुना मगर पहिलोपटक स्क्रीनमा जोडी बनेर देखिदैछन् । बेलायतबाट नेपाल बसेर कलाकारितामा आ-आफ्नै पहिचान बनाएता पनि यी दुई भने पहिलोपटक एकसाथ अभिनय गर्न लागेका हुन् ।

यो जोडीलाई लेखक तथा निर्देशक अनिल योञ्जनले एकसाथ कास्ट गर्न सफल भएका हुन् । निर्देशक योञ्जनकै लेखन रहेको फिल्मको सार्वजनिक पोस्टर नै चर्चामा छ । कोरियन लुक्ससँगै कलरको थिम अनुसार पात्रलाई प्रस्तुत गरिएको कारण फिल्मले चर्चा बटुलिरहेको छ । सार्वजनिक पोस्टरमा लाइट ग्रीन र लाइट पिङककोको प्रयोग गरिएको छ । पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन् । धीरजको स्वभाव लाइट पिङ्क जस्तै छ । उ जेन्टल छ, केयरिङ छ, रोमान्टिक छ र सफ्ट छ । यस्तै, मिरुना लाइट ग्रीन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन् । फिल्ममा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए । उनले भने,‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ-आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईकको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयाश रहनेछ ।’

उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा हो ‘कुस्ती’ रहेको बताए । निर्देशक योञ्जनले यसअगाडि अभिनेता मगरसँग ‘रुमानी रङ्ग’ मा काम गर्ने तयारी गरेका थिए । तर, विविध कारणले यो फिल्म बनेन् । यद्यपि निर्देशक योञ्जनको कार्यशैलीबाट प्रभावित भएकै कारण अभिनेता मगरले पुनः काम गर्ने इच्छा देखाए । जसकारण उनको स्क्रीन जोडी अभिनेत्री मगरसँग देखिने तय भएको हो । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ । पोस्टरमा उमङग शाहीको फोटोग्राफी र राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।

कमेन्ट गर्नुहोस्