फिल्म । भारतीय अभिनेता इमरान हाश्मी अभिनीत फिल्म ‘आवारापन २’ पहिलो साता आक्रामक व्यापार गरेको छ । फिल्मको मुख्य पात्र शिवम पण्डितको पीडा, आक्रोश र बदलाको यात्रालाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको कारण फिल्मलाई दर्शकले मन पराएका छन् । ‘आवारापन’को सिक्वेलमार्फत इमरान हाश्मी १९ वर्षपछि आफ्नो चर्चित पात्र शिवमको भूमिकामा पुनः फर्किएका छन्।
‘आवारापन २’ले पहिलो साता १ सय १७ करोडभन्दा बढी कमाउँदै बलियो प्रदर्शन गरेको छ । फिल्मले पहिलो साता शुक्रबार २३.४० करोड, शनिबार ३४.०९ करोड, आइतबार २६.८२ करोड, सोमबार १०.०६ करोड, मंगलबार १०.२६ करोड, बुधबार ७ करोड र बिहीबार ६.०३ करोड रुपैयाँ कमाएको छ। पहिलो साताको कुल कमाइ ११७.६६ करोड रुपैयाँ पुगेको छ।
दोस्रो साताको पहिलो दिन शुक्रबार फिल्मले थप ६.२१ करोड रुपैयाँ कमाएको छ। यससँगै फिल्मको कुल कलेक्सन १ सय २३.८७ करोड रुपैयाँ पुगेको छ।फिल्ममा शबाना आजमी नकारात्मक भूमिकामा देखिएकी छन् भने दिशा पटानी जारा नामक पात्रका रूपमा प्रस्तुत भएकी छन्।
पहिलो ‘आवारापन’झैँ यसको संगीत पनि फिल्मको प्रमुख आकर्षण बनेको छ। फिल्ममा मिथुन, जीत गांगुली, अमाल मल्लिक, अंकित सचदेव र वासिफ अहमदको संगीत रहेको छ।
मुकेश भट्ट र विशेष फिल्म्सको प्रस्तुतिमा बनेको ‘आवारापन २’ को निर्देशन नितिन कक्करले गरेका हुन् भने निर्माता विशेष भट्ट रहेका छन् । फिल्ममा इमरान हाश्मी, दिशा पटानी र शबाना आजमी मुख्य भूमिकामा छन् ।












