‘कजिएफ २’को रिलिज चर्चा

फिल्म । सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनको स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’ को सिक्वेललाई प्रस्ट्याउने केहि झलक पहिलो च्याप्टरमै रहेकाले च्याप्टर २ को प्रतिक्षा बढेको हो । फिल्मलाई लिएर प्रतिक्षा गरिरहेका दर्शक ओटीटिमा रिलिज हुने होकी भन्ने चिन्तामा छन् । यशका फ्यान यसलाई ठुलो पर्दामै हेर्न चाहन्छन् ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) ले निम्त्याएको समस्याले गर्दा केहि फिल्महरु ओटीटिमा रिलिज भैरहेका छन् । यश अभिनित ‘केजिएफ २’ लाइ पनि अफर गरिएको थियो । यद्दपी निर्माण पक्षले यसलाई हलमै रिलिज गरिने बताएका छन् । फिल्मका निर्माताहरुले दर्शकको ईच्छा विपरित यसलाई सिधै डिजिटल प्लेटफर्ममा नल्याउने बताएका छन् । यो फिल्म सिधै ओटिटीमा रिलिज नहुने भएकोले पनि फ्यानले हल खुल्ने प्रतीक्षा नै गर्नु पर्ने हुन्छ ।

सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यस्तै कारणले प्रतिक्षित फिल्ममा यश आफ्नै शैलीमा देखिनेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजय दत्त पनि देखिनेछन् । उनले भिलेन अर्थात् अधीराको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्ट झैँ पाँच भाषामा रिलिज हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्