शैक्षिक मेलामा उपासना

फिल्म । पछिल्लो समय अभिनेत्रीहरु पनि शैक्षिक गतिविधिमा सक्रिय हुन् थालेका छन् । यसैक्रममा एजुकेसन एण्ड माइग्रेसन कर्नरले शुक्रबार आयोजना गर्ने शैक्षिक मेलामा सहभागी हुने भएकी छन् । शिक्षासंगै अष्ट्रेलिया, यूके र क्यानडा गएर आफ्नो भविष्य देख्ने विद्यार्थीहरुको सहयोगार्थ आयोजना गरिएको मेलामा उपासनाले परामर्श गर्नेछिन् । एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेसडर समेत रहेकी उपासनाले यस किसिमको मेलामाले विद्यार्थीलाई सहयोग पुग्ने बताइन ।

मेला कर्नरको पुतलीसडकमा रहेको कार्यालयमा आयोजना गरिनेछ । यसले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीलाई यसले उचित जानकारी दिने विश्वास एजुकेशन कर्नरको छ । कर्नरका प्रमुख सुनिल उप्रेतीले मेलामा भिन्न कलेज र यूनिर्भसिटीका प्रतिनिधिका साथै शैक्षिक लोनका लागि बैंकका प्रतिनिधि र आइडिपीआरका प्रतिनिधिहरुबाट जानकारी प्राप्त गर्न सकिने बताए । मेलामा विद्यार्थीहरुलाई आकर्षित गर्न पहिलो एक सय सहभागीलाई पुरस्कार प्रदान गरिने समेत उप्रेतीले बताए एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेसडर समेत रहेकी उपासनाले यस किसिमको मेलामाले विद्यार्थीलाई सहयोग पुग्ने बताइन । मेलामा सहभागी हुने पहिलो एक सय विद्यार्थीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था रहेको समेत उप्रेतीले बताए । मेला शुक्रबार बिहान १० बजेदेखी ५ बजेसम्म आयोजना हुनेछ ।

कमेन्ट गर्नुहोस्