र्‍याप गीत ‘आक्रमण’ सार्वजनिक

सङ्गीत । रबिन बोगटीको निर्देशन तथा अभिनय रहेको र्‍याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक गरिएको छ । समाजमा देखिने नकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने गलत मनसाय भएका व्यक्तिहरूको चरित्रलाई गीतमार्फत चित्रण गरिएको यस भिडियोले समसामयिक विषय उठाएको छ ।

नारशी क्रिएसनको प्रस्तुति तथा मिडिया पोर्टको सहकार्यमा ‘ब्रेक स्टेशन’ नामक युट्युब च्यानलमार्फत र्‍यापर दिनेश साउद (द इन्ड) को गीत ‘आक्रमण’को भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा रबिन बोगटी, विकास खनाल, प्रभाकर न्यौपाने, कुँवर सेन्डी, विकास थापा, लालबहादुर रावत लगायतका कलाकारको अभिनय रहेको छ ।

यो रबिन बोगटीको निर्देशनतर्फको पहिलो म्युजिक भिडियो हो । यद्यपि अभिनयका हिसाबले भने यो उनको पहिलो काम होइन । उनले सन् २०२३ मा फिल्म ‘रंगेली’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका थिए । त्यसअघि सन् २०१९ मा उनले ‘डियर लभ’ नामक वेब सिरिजमा लेखक तथा अभिनेताको रूपमा काम गरेका थिए ।

र्‍यापर दिनेश साउद का लागि ‘आक्रमण’ डेब्यु गीत हो। म्युजिक भिडियोको छायांकन रेवत श्रेष्ठ ले गरेका छन्।

कमेन्ट गर्नुहोस्