‘मेटु भन्छु’मा सुरेन्द्र र अञ्जना

सङ्गीत । पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त भइरहेकी अभिनेत्री अञ्जना बराईलीले भिडियोमा समेत अभिनय थालेकी छिन् । हालै उनले अभिनय गरिरहेको भिडियो सार्वजनिक हुन् थालेको छ । यसै क्रममा गीतकार सुरेन्द्र दियालीको शब्द रहेको गीत ‘मेटु भन्छु केरकार पारी’मा उनको अभिनय देखिएको छ । उनलाई मोडलिङमा गीतकार सुरेन्द्रले साथ दिएका छन् ।

सङ्गीतकार तथा निर्माता सुवास भुषालले कम्पोज गरेको गीतलाई स्वर दिएका छन् साइराज खातीले । गायक खाती मेरो भ्वाइस युनिभर्सका फोर्थ रनरअप हुन् । बेरोजगारका कारण आर्थिक संकट झेल्न बाध्य युवाहरूको प्रेम र सम्बन्धलाई दृष्य भाषामार्फत देखाउन खोजेका छन् भिडियो निर्देशक गणेश शाहीले । गीतको एरेन्ज मिक्सिङ र मास्टरिङ विश्व अधिकारीले गरेको हुन भने छायांकन विशाल थापाको रहेको छ।

कमेन्ट गर्नुहोस्