किन ‘दासढुङ्गा-२’ ले पाएँन निर्माण इजाजत ?

फिल्म । फिल्म निर्माण हुने भने देखि नै चर्चामा छ ,’दासढुङ्गा’ को सिक्वेल । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनालाई आधार बनाएर निर्माण हुने फिल्म भएकोले पनि यो पहिलो भाग देखि नै चर्चामा छ । पहिलो संस्करण सन् २०१० मा मनोज पण्डितले निर्देशन गरेका थिए । यसैको सिक्वेल बन्ने भएपछी चर्चा पाउनु स्वाभाविक नै हो ।

निर्माण घोषणा भएको ३ महिना बितिसक्दा पनि फिल्म ‘दासढुङ्गा-२’ फ्लोरमा जान सकेको छैन । चलचित्र विकास बोर्डले निर्माण इजाजत दिन आनकानी गरेपछि यस फिल्मको निर्माण प्रक्रियामा अवरोध पुगेको हो । फिल्मलाई विकास बोर्डले अनुमति दिन आनाकानी गरिरहेको निर्देशक कुमार भट्टराईको गुनासो छ । बोर्डले मदन भण्डारी स्मृति प्रतिष्ठानले अनुमति दिएपछि मात्रै इजाजत दिन मिल्ने कुरा गरेको निर्देशक भट्टराई बताउछन् ।

कथाको सारांश प्रतिष्ठानमा पथाएता पनि अझै निर्क्यौल नभएको गुनासो निर्माण टिमको छ । ‘हामीले फिल्म निर्माण गर्छौ भन्दा केहि गल्ति गर्यौ र ?’ निर्देशक भट्टराईले भने । उनले फिल्म निर्माण गर्ने तयारी गरिरहदा इजाजतमै अड्किनु परेको पिडा सुनाए । ‘बोर्ड हाम्रो लागि होइन र ? प्रतिष्ठानसंग बोर्डले समन्वय गरे कति राम्रो हुन्थ्यो ।’ निर्देशक भट्टराईले आफुले प्रयास गरिरहेको बताए । फिल्म निर्माण गर्न नमिल्ने लिखित कारण नै चाहिने समेत बताए । ‘हामीले फिल्म किन निर्माण गर्न पाउँदैनौ त्यो हामीलाई लिखित चाहिन्छ’ उनले भने ।

चलचित्र विकास बोर्डले फिल्मको स्क्रिप्ट राय–सुझावका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानसमक्ष पठाएको बुझिएको छ । मदन भण्डारी र जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप ‘दुर्घटना’मा परि मृत्यु भएको थियो । त्यसयता सरकारी र नागरिक स्तरमा विभिन्न छानबिन समिति बने पनि दुर्घटनाको सत्यतथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन । जिपचालक अमर लामाको २०६० असार ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भएपछि यो घटना झन् रहस्यमय अवस्थामा छ ।

कमेन्ट गर्नुहोस्