अनुसँग बुद्धिले गरे विवाह

फिल्म । अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाधिनु भएको छ । उहाँले तामाङ परम्पराअनुसार अनु थिङसँग विवाह गर्नुभएको हो । शुक्रबार कौशलटारको एक पार्टी प्यालेसमा सम्पन्न विवाह समारोहमा दुवै परिवारको सदस्य, आफन्त तथा नजिकका साथीहरुको उपस्थिति रहेको थियो ।

मण्डला थियटरबाट कलाकारिताको सुरुवात गर्नुभएका बुद्धिलाई ’हैट’ उपनामले चिनिने गरिन्छ । उहाँलाई ’कबड्डी’ ले अभिनेताको रुपमा स्थापित गरेको हो । त्यसपछि उहाँले फिल्म तथा थियटरमा काम गरिरहनु भएको छ । उहाँकी पत्नी अनु स्नातक तहमा अध्ययनरत् विद्याथी हुनहुन्छ । दुवैको माँगी विवाह हो।

कमेन्ट गर्नुहोस्