कपूर सिस्टर्सको लिस्टमा परेनन् शाहरुखका छोरा

फिल्म । बलिउडमा पछिल्लो समय स्टारकिड आउने क्रमले तिब्रता पाईरहेको छ । गत वर्ष मात्र धड़कबाट जान्ह्वी कपूर र इशान खट्टरले बलिउडमा पाइला टेकेका थिए भने केदारनाथबाट साराअलि खानले । यसै क्रममा अब जान्ह्वीको बहिनि खुशी कपूरले पनि बलिउडमा डेब्यु गर्दैछिन् । निर्माता बोनी कपूर तथा अभिनेत्री श्रीदेवीकी छोरी खुशीले एक अन्तर्वाताको क्रममा आफु आहान पाण्डेसँग डेब्यु गर्न तत्पर रहेको बताइन ।

उनलाई आहानसँगै शाहरुख खानका छोरा आर्यन खान र मिजान जाफरीको अप्सन पनि दिएको थियो । खुशीको जवाफ सुनेपछि सोहि प्रश्न जान्ह्वीलाई सोधियो । उनले पनि आफ्नो बहिनि खुशी मिजानसँग डेब्यु गरेमा भविष्य उज्वल रहेको बताइन । अर्थात् कपूर सिस्टर्सको रोजाईमा आर्यन परेनन् ।

खुशीले आहानलाई रोजिन भने जान्ह्वीले मिजानलाई । तर पछिल्लो समय बलिउडमा सबै भन्दा बढी स्टारकिडलाई डेब्यु गराईरहेका करणले आर्यन र खुशीलाई ल्याउने तयारी गरिरहेका छन् । तर , कपूर सिस्टर्सको यो इन्टरभ्युले शाहरुखको प्रतिक्रिया कस्तो आउने हो ? यो भने आउँदो समयले बताउनेछ ।

(एजेन्सी)

कमेन्ट गर्नुहोस्