माघ ४ मा ‘दि कर्मा’ पनि

फिल्म । फिल्म ‘दि कर्मा’ माघ ४ मा रिलिज हुने भएको छ । यसअगाडी मङ्सिर ७ लाई प्रदर्शन मिति तय गरिएको फिल्मको रिलिज विशेष कारणबस सारिएको निर्माता जयराज रायले बताएका छन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो भने यसलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । यसमा करण वर्मा , नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो । यसै डेटमा एक दिन अघि मात्र फिल्म ‘गरुड पुराण’ ले रिलिज घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्