फिल्म । ‘शिवांश : च्याप्टर–१’ को छायांकन सुरु भएको छ । पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरेर सुटिङ थालिएको हो । निर्माता अञ्जान केसीका अनुसार यसको छायांकन पोखराका विभिन्न क्षेत्रमा करिब एक महिनासम्म चल्नेछ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको फिल्मको निर्देशन सन्तोषकुमार आत्रेयले गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।
यसमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिँदैछन् । साथै विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय रहनेछ ।
फिल्मको कथा निर्माता स्वयं अञ्जान केसीले लेखेका हुन् भने पटकथा बारत लिम्बूले तयार गरेका हुन् । सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । कार्यकारी निर्माता सम्भू थापा रहेका छन् ।
फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रहनेछ भने संगीत न्हू बज्राचार्य र राजनराज शिवाकोटीले संयोजन गर्नेछन् । स्वरमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको आवाज रहनेछ । द्वन्द्व निर्देशन मिलन श्रेष्ठको हुनेछ भने नृत्य निर्देशन विक्रम चोहानले गर्नेछन् । डीओपी सरद महतो, प्रोडक्सन म्यानेजर मिलन मानन्धर, आर्ट डाइरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, कस्ट्युम डिजाइनर कमल मिश्र, मेकअप आर्टिस्ट तुलसा लिम्बू रहनेछन् । पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका छन् ।
भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजरको रूपमा विराज खड्का रहने छन् भने भीएफएक्स प्रोड्युसर आदेश सुब्बा (गुडरेज पिक्चर्स) रहनेछन् । स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती संलग्न छन् । ‘शिवांश : च्याप्टर–१’ आगामी असोज २४ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ ।










