‘होस्टेल ३’ बन्ने

फिल्म । ‘होस्टेल’ सिरिजको तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ । यसलाई गीतसङ्गीतमा आवद्ध गायक सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले निर्माण गरेका थिए भने ‘होस्टेल ३’मा उनी कलाकारको रुपमा मात्र आवद्ध रहने बताईएको छ ।

निर्माता रावलमार्फत सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा ‘होस्टेल ३’ बनाउने अधिकार लिएको छ । अर्थात् यसमा निर्माताको रूपमा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन् । तेस्रो भागलाई पनि अघिल्ला झैँ होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने निर्देशक कँडेलले जानकारी दिएका छन् ।

यसअगाडि निर्माता रावलले राजु कँडेलको निर्देशनमा तयार हुने गरी ‘शायद ३’ को अधिकार पनि बिक्री गरिसकेका छन् ।‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए ।

कमेन्ट गर्नुहोस्