टाइगरको ‘रेम्बो’ आउँदो वर्ष

36 Shares

फिल्म । बलिउडमा टाइगर श्राफको अभिनयको चर्चा जति कम हुन्छ त्यति नै उनको डान्स र एक्सनको प्रसंसा हुन्छ । आफुलाई फिट मात्र होइन , डान्स र एक्सनमा उनले प्रमाणित समेत गरिसकेका छन् । यिनै टाइगरले एक्सन फिल्म ‘रेम्बो’ मा अभिनय गर्दैछन् । केहि समय अगाडी नै फिमको फस्टलुक समेत बाहिर आइसकेको थियो , तर केहि काम सुरु हुन् सकेन ।

फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् । तर , उनले हालै एक अन्तर्वाताको क्रममा टाइगरलाई रेम्बो अवतारमा आउँदो वर्ष देख्न पाउने बताएका छन् । ‘हामीले कथामा काम गरिरहेका थियौ अब हामी तयार छौ’ उनले भने ‘यसै वर्षको अन्त्यसम्ममा फिल्मको काम सुरु हुनेछ ।’ उनले यतिबेला टाइगरलाई लिएर ऋतिक रोशनसँग फिल्म निर्देशन गरिरहेका छन् ।

यी दुइको एक्सन फिल्मलाई लिएर दर्शक निकै उत्साहित छन् । टाइगरले पनि आफुलाई रेम्बो अवतारमा देखाउन केहि मेहनत गर्नु पर्ने भएकोले समय लाग्ने बताए । उनले ‘बागी ३’ को छायाँकन सकेपछी शारीरिक रुपमा पनि बनावट फरक पार्ने मिडियालाई बताएका छन् । त्यसपछि उनले फिल्मको लागि काम सुरु गर्नेछन् । (एजेन्सी)

Facebook Comments