टिभी । बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘द स्पिकिङ्ग टाइटन’ मा आफ्नो ३ मिनेटको कुनै एक टपिकमा भिडियो बनाई पठाउन सक्नेछन् ।
प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ । त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागी निमन्त्रणा गरिने आयोजकले जनाएको छ । ‘द स्पिकिङ्ग टाइटन’मा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने जानकारी गराइएको थियो भने कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने भएका छन् ।
यसको कन्सेप्ट तथा डिजाइन सुदिप पोख्रेलले गरेका हुन् भने डिजाइन पार्टनरको रूपमा टौवा स्टुडियो रहेको छ । निर्देशक अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् ।