‘छक्का पञ्जा ३’ मा दीपाश्री सरप्राइज

जयहोस् । प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा ३’ मा दीपाश्री निरौला सरप्राइज रहेकी छिन । निर्देशनको अभिभारासँगै उनले फिल्ममा अभिनय पनि गरेकी छिन् । अघिल्ला फिल्महरुमा कहिँ कतै देखिने गरेकी दीपालाई यसमा दर्शकले राम्रोसँग देख्न पाउनेछन् । उनि फिल्ममा रमाइलो भूमिकामा छिन , तर उनि फिल्ममा के गर्दैछिन भन्ने जान्नको लागि भने फिल्म नै हेर्नु पर्छ । उनले यसअघि पनि आफ्नै निर्देशनमा तयार भएको फिल्म ‘वडा नम्बर ६’ मा राम्रो भूमिका निर्वाह गरेकी थिइन् । घटस्थापनबाट प्रदर्शनमा आएको फिल्मले राम्रो ब्यापार गरिरहेको छ भने फिल्मलाई सकारात्मक प्रतिक्रिया पनि प्राप्त भईरहेको छ । अघिल्ला फिल्ममा कन्टेनको विषयलाई लिएर आलोचना खेपिरहेको यो युनिट यसपटक भने त्यसमा खरो उत्रिएको छ । फिल्ममा दीपकराज गिरी , दीपिका प्रसाई , जितु नेपाल , शिवहरी पौडेल , केदार घिमिरे , बुद्धि तामाङ , लक्ष्मी गिरी , निर शाह , शिशिर बांग्देल लगायतको अभिनय रहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन ‘अफडे रिलिजको रेकर्ड भने राख्न सफल भएको निर्माण पक्षले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्