स्कुले जीवनमै सोचिएको ‘प्रसाद’

फिल्म । फिल्म ‘प्रसाद’ मङ्सिर २१ मा रिलिज हुदैछ । फिल्मको सार्वजनिक सामग्रीले यसलाई प्रतिक्षित बनाइरहेको छ । फिल्मको सार्वजनिक पहिलो गीत ‘लै लै’ ले एक किसिमको दर्शकलाई आफ्नो बनाइसकेको छ , साथै बनकी चरी र ट्रेलर पनि कम छैनन् । फिल्ममा पछिल्लो समयका स्टार कलाकारहरु विपिन कार्की , नम्रता श्रेष्ठ र निश्चल बस्नेत छन् । यो नाम नै आफैमा ब्राण्ड हो । तर ब्राण्ड वा नामले मात्र धान्दै भन्ने पछिल्लो उदाहरण भारतीय फिल्म ‘ठग्स अफ हिदोस्तान’ पनि छ । तर टिम स्टारडम मार्फत आएका दर्शकलाई कन्टेनले निराश नबनाउनेमा विश्वस्त छन् ।

फिल्ममा लेख्न सुशील पौडेलको रहेको छ । दशक भन्दा बढी समय रङ्ग पत्रकारितामा बिताइसकेका सुशील फिल्म लेखकको रुपमा यसैबाट डेब्यु गर्दैछन् । तर यो कन्सेप्ट उनलाई बाल्यकालमै फुरेको थियो । ‘मलाइ यो कन्सेप्ट स्कुले जीवनको अन्त्यतीर फुरेको थियो , तर त्यसबेला यसलाई शेयर गर्न मिल्ने अवस्था पनि थिएन’ सुशीलले कन्सेप्ट अनुभव सुनाए ।

त्यसबेला उनले आफ्नो कुरा कसैसँग शेयर गर्न सकेनन् , तर मनमा राखिरहे । एक भेटको क्रममा उनले आफ्नो कन्सेप्ट निर्देशक दिनेश राउतलाई शेयर गरे । ‘मलाइ सुशीलजीले कन्टेन शेयर गर्नु भयो , जसले मलाइ छोयो’ तर दिनेश त्यो बेला अर्कै प्रोजेक्टमा व्यस्त थिए । ‘म अर्कै फिल्मको काममा थिए पछी गर्ने भन्दै त्यो बेला सहमत भयौ र पछी बसेर यसलाई फिल्मको रुप दियौ’ दिनेशले फिल्मको कथा केहि हदसम्म आफ्नो जीवनसँग पनि मिल्ने प्रेस मिटमै स्वीकारेका थिए । सुशील पनि यो कथाले कहिँ कतै धेरैलाई छुने बताउछन् ।

‘कथा हाम्रै समाजको त्यसैले यसको धेरै पक्ष कतै न कतै रिलेट गर्छ नै’ सुशील भन्छन ‘लेखनको प्रयास हो प्रसाद ।’ उनलाई ‘प्रसाद’ पछी फिल्म लेखनकै लागि प्रस्ताव आइरहेका छन् तर उनि हतारिने पक्षमा छैनन् । सुभाष थापाको निर्माणमा तयार भएको फिल्ममा नि:स्तान दम्पतिको कथा देखाइएको छ ।

कमेन्ट गर्नुहोस्