प्रदीपको ‘लभ स्टेसन’ काठमाण्डौमा

फिल्म । दार्जीलिङको सेड्युलपछी फिल्म ‘लभ स्टेसन’ युनीटले काठमाण्डौमा छायाँकन थालेको छ । दुई गीत बाहेकका सिनलाई तिहार अगाडी नै सकाउने लक्ष्य सहित फिल्म युनिटले धमाधम छायाँकन गरिरहेका छन् । प्रदीप खड्का र जसिता गुरुङको जोडी रहेको फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरिरहेका छन् ।

दार्जिलिंगबाट छायाँकन प्रारम्भ गरेको युनिटले त्यसपछी कालिङपोङ, खार्साङ, मिरिकसँगै पुर्व इलामको रमणीय दृश्य पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा समेत छायाँकन गरेको थियो । ‘फिल्मको काम राम्रोसँग भइरहेको छ , हामी हाम्रै सेड्युलमा छौ’ निर्देशक घिमिरेले फिल्म राम्रो बनेको बताए । उनि भन्छन ‘प्रदीप र जसिताको जोडीको सम्भावना राम्रो छ , काम पनि राम्रो गरेका छन् ।’

लभ स्टेसन ठाउसँग जोडिएर बढ्ने कथालाइ सांगीतिक प्रेम कथामा तयार भएको फिल्म भनिएको छ । प्रदीप पनि फिल्मबाट निकै आश्वादी छन् । ‘काम गर्दै जादा अझै राम्रो भईरहेको छ , फिल्मले आश निकै बढाएको छ’ प्रदीपले भने । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

कमेन्ट गर्नुहोस्