टिभी । केहि दिन महानायक प्रकरणका कारण चर्चामा रहेका अभिनेता राजेश हमालले टेलिभिजनमा शो गर्ने भएका छन् । अभिनेता हमालले कान्तिपुर टेलिभिजनमा एक शो गर्न लागेका हुन् । उनको नयाँ शो को छायाँकन यसै साताबाट सुरु हुने बुझिएको छ । उक्त शोमा उनले राजनीतिज्ञसंगइ सामाजिक अभियन्तासंग कुराकानी गर्नेछन् । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईबाट छायाँकन सुरु गरिने शोमा प्रधानमन्त्री केपी शर्मा ओली पनि एक एपिसोडमा पाहुना बन्नेछन् । यस अघि क्विज शोमा देखिद आएका हमालले यसप्रकारको शो पहिलोपटक गर्न लागेको बुझिएको छ ।
कमेन्ट गर्नुहोस्










