‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ

फिल्म । निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । सोमबार संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए ।

सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजा जानकारी दिए । त्यसका अलवा एक अभिनेता र एक अभिनेत्री थप हुने समेत उनको भनाई छ । फिल्मको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट सिक्वेलको कथाको उठान गरिने निर्माता समेत रहेका निर्देशक देउजाले बताए ।

कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने फिल्मको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहनेछन् । बैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको फिल्ममा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशक र मित्र डि गुरुङको सम्पादन रहनेछ । फिल्म विसं २०८२ सालभित्र नै प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।

कमेन्ट गर्नुहोस्