‘साहो’ मेकिङ आउट (भिडियो)

जयहोस । पछिल्लो समय ‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभास अभिनित नेक्स्ट फिल्म ‘साहो’ को मेकिङ भिडियो सार्वजनिक भएसँगै भाइरल भईरहेको छ । निकै समय दिएर छायाँकन भईरहेको फिल्मको प्रभास लुक्स सार्वजनिक भएको छ भने उनि एक्सन मुडमा छन् । एक्सनको लागि गरिएको मेहनतले फिल्मको प्रतिक्षा गरिरहेका दर्शकलाई अझै कौतुहल बनाएको छ । विदेशी भूमिमा पनि एक्सनको लागि गरिएको मेहनतले फिल्मको हाइप बढाउने निश्चित छ । प्रभासको जन्मोत्सवको अवसरमा निर्माण पक्षले मेकिङ भिडियो सार्वजनिक गरेको छ । एक्सनको लागि प्रयोग गरिएको क्राउड लोभ लाग्दो छ भने टेक्निसियन पनि विदेशी नै छन् । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । प्रभास भएकै कारण फिल्म प्रतिक्षित बनिरहेको छ भने यसमा श्रद्धा कपूर पनि छिन । सुजीथको निर्देशनमा तयार भईरहेको फिल्म प्रदर्शनमा आउने बारेमा अझै टुङ्गो लागिसकेको छैन । यो फिल्म साउथको तमिल र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ । यसैले गर्दा पनि फिल्मको चर्चा बढ्दो छ ।
कमेन्ट गर्नुहोस्