यस्तो बन्यो ‘एक भगवत् गीता’ ट्रेलर

फिल्म । नेपाली चलचित्र ‘एक भगवत् गीता’ ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता विपिन कार्की ‘कमलामाई’ को भूमिकामा प्रस्तुत छन्। पहिलोपटक यस किसिमको भूमिका निर्वाह गर्दा आफूले उक्त समुदायलाई बुझ्न पाएको अभिनेता कार्कीले बताए । उनले ट्रेलर हेरिरहदा आफू भावुक भएको बताए ।‘उहाँहरूलाई छायांकनपछि अहिले दृश्य हेरिरह्दा झनै बुझेको महसुश गरे । म भावुक भए’,अभिनेता कार्कीले भने,‘म राम्रै मैथली बोल्छु । त्यहिँकारण तराईको चरित्रलाई पर्दासम्म ल्याउन कठिनाई भने भएन’

अभिनेत्री सुहाना थापाले कलाकार भएपछि मनोरञ्जनसँगै संदेश प्रवाह गर्ने उदेशले यो कथामा चलचित्र बनाउन आफ्नो प्रोडक्सन हाउसलाई प्रेरित गरेको बताईन् । ‘हामीले हाम्रो मौलिकतालाई अगाडी ल्याएका छौँ । यसले मिथिलाको कता भनेको छ’, अभिनेत्री थापाले भनिन् ।

यौनिक लैङ्गिक अल्पसंख्यक समुदायलाई सम्मान, माया र सदभाव व्यक्त गर्नुपर्ने निर्देशक झरना थापाले जानकारी दिईन् । चलचित्रमा धिरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा लगायतका कलाकारले समेत अभिनय गरेका छन् । सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्