‘ओह माई गड’को पनि सिक्वेल आउने !

जयहोस् । फिल्म ‘ओह माई गड’को सिक्वेल बन्ने चर्चा यतिबेला बलिउडमा छ । परेश रावल र अक्षय कुमार अभिनित यसफिल्मलाई दर्शकले रुचाएका थिए । फिल्मले उठाएको विषयले पनि राम्रै प्रसंसा बटुलेको थियो । त्यसैले गर्दा पनि निर्माण पक्ष यसको सिक्वेल बनाउने तयारी गरिरहेका छन् । सोसल ड्रामाको फिल्मलाई प्राथमिकता दिईरहेका अक्षयले फिल्मको लागि सहमति दिईसकेपछी यतिबेला विषयवस्तुको खोजि भईरहेको बुझिएको छ । फिल्ममा फेरी दर्शकले परेश र अक्षयको केमेष्ट्री हेर्न पाउने छन् । फिल्म सन् २०२० सम्ममा प्रदर्शनमा आउने भारतीय मिडियामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्