फिल्म । प्रतिक्षित नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरिएको ट्रेलरमा प्रेम , रोमान्स , कमेडी , विछोड देखाइएको छ । अनमोल केसी र सुहाना थापा अभिनित फिल्म यी दुइकै वरपर घुमेको छ । कार्यक्रममा बोल्दै अनमोलले फिल्मले दर्शकलाई निराश नबनाउने बताए । ‘ए मेरो हजुर ४ नाकै खुम्चाउने फिल्म बनेको छैन । यसले म जस्ता युथलाई निराश बनाउदैन’ अनमोलले भने ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री सुहाना थापाले अघिल्लो झैँ यसपटक अझैँ बढी साथ् र सहयोगको खाचो रहेको बताइन । फिल्मकी निर्देशक झरना थापाले नेपाली फिल्मलाई हेरेर सल्लाह सुझाव दिन आग्रह गरिन् । ‘नेपाली फिल्मलाई माया गर्नु पर्छ भन्ने मात्र छैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने अधिकार दर्शकसँग छ । तर , फिल्म हेरेर कमेन्ट गरिदिनु होला’ झरनाले भनिन् ।
फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत , रेअर राई , रवि गिरी लगायतको अभिनय रहेको छ । फिल्ममा संजय लामाको छायांकन , हिमाल केसीको द्वन्द्व , रामजी लामिछाने , कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा , झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।











