फिल्म । गत शनिवार फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को शुभ मुहूर्त गरेको छ । शुभ समय रहेकाले पुजा गरिएको फिल्म युनिटले जनाएका छन् । फिल्मको मुहूर्तमा कलाकार, प्राविधिक, निर्माता एवं निर्देशक सहभागि थिए । फिल्म युनिट वैशाखको पहिलो सातामा नै छायांकनमा जाने तयारीमा रहेता पनि देशको अवस्थाले गर्दा त्यसो हुन् सकेको छैन ।
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि फिल्म टीम पर्ख र हेरको अवस्थामा पुगेको हो । यसमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ , गौमाया यात्री लगायत कलाकारहरुको अभिनय रहनेछ । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्मलाई मुस्ताङमा छायांकन गरिने भएको छ ।
कमेन्ट गर्नुहोस्










