आमिरको छोरा पनि बलिउडमा ?

बलिउड । बलिउडमा दोस्रो पुस्ताले विस्तारै आफ्नो स्थान बनाइरहेका छन् । रणवीर कपुर , वरुण धवन , आलिया भट्टको स्टारडम पछिल्लो उदाहरण हुन् । यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘धड़क’ मार्फत जुनियर जेनेरेशन पनि बि-टाउनमा आइसकेको चर्चा हुनेगर्छ । फिल्मका एक्टर इशान खट्टर एक्टर शाहिद कपुरका भाइ हुन् भने एक्ट्रेस जहान्वी कपुर एक्टर अर्जुन कपुरकी बहिनि । यो पुस्ता बलिउडको सबै भन्दा कान्छो पुस्ता हो । यससंगै बेला बखतमा शाहरुख खानका छोरा आर्यन खानको डेब्युको चर्चा पनि हुनेगर्छ । तर यतिबेला चर्चा सुरु भएको छ , आमिरका छोरा जुनैद खानको ।

उनको बारेमा अमिरले मिडियासँग कुराकानी गरेका छन् । ‘जुनैद बलिउडमा आउने तयारीमा छन् , उनलाई निर्देशन र अभिनय मन पर्छ’ आमिरले भने ‘उनले के गर्छन त्यो उनमा डिपेन्ड हुन्छ ।’ आमिरले सल्लाह बाहेक धेरै सहयोग नगर्न सक्ने समेत बताए । ‘उनले आफैले स्टारडम पाउनु पर्छ , मेरो सहयोगले उनि मेहेनेती नबन् सक्छन’ आमिरले छोरालाई आफ्नै नाममा अगाडी आएको हेर्ने इच्छ व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्