फिल्म । सन् २०१८ बेनिशा हमालका लागि खास रह्यो । उनले अभिनय गरेको फिल्म ‘ब्लाइन्ड रक्स’ ले चर्चा पायो । साथै , बेनिशाले निर्वाह गरेको दृष्टिविहिनको भूमिकालाई दर्शकले रुचाए । यतिबेला उनि हरेक अवार्डमा नोमिनेसनमा छिन् भने उनले प्राय अवार्डमा विजय पनि प्राप्त गरेकी छिन । यिनै बेनिशा पछिल्लो समय हङकङमा आयोजना हुने एभरेष्ट नेपाली फिल्म अवार्ड २०१९ मा टप ५ उत्कृष्ट नायिका तर्फ मनोनयनमा परेकी छिन् ।
आफ्नो दुई वटै आँखाको ज्योति गुमाएकी दृष्टिबिहिन सृष्टी केसीको जीवनीमा आधारित फिल्म’ब्लाइन्ड रक्स’ लाई स्वदेशसँगै विदेशमा पनि उत्तिकै रुचाइएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा सृष्टिको भूमिकामा बेनिशा देखिएकी छिन भने यसमा अर्पण थापा , गौरी मल्ल लगायतको कलाकारको पनि अभिनय रहेको छ ।
तस्वीरहरु : आर्यन विमली