दयारानीको ‘चिरी च्याट्टै’ सार्वजनिक (भिडियो)

फिल्म । गुरुङ भाषाको फिल्म मार्फत आफुलाई स्थापित नै बनाएका कलाकार माओत्से गुरुङको डेव्यु निर्देशन रहेको फिल्म ‘दयारानीको पहिलो गीत सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन अभिनित फिल्मको गीत नयाँ वर्ष २०७६ को अवसरमा सार्वजनिक गरिएको हो । ‘चिरी च्याट्टै’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । उनलाई फिमेल स्वरमा मेलिना राईले साथ दिएकी छन् । लोक फ्लेवरको गीतलाई विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रवि न्यौपानेले खिचेका हुन् ।

जेष्ठ १० गतेबाट देशभर प्रदर्शनमा आउने यो फिल्मले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भन्ने निर्देशक गुरुङले बताएका छन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएकोफिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् । यसमा दया र दीयासंगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारहरुको पनि अभिनय छ भने यसलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

Facebook Comments