फिल्म । बलिउडमा भर्स्टाइल व्यातित्वको परिचय बनाएका छन् , फरहान अख्तरले । साहित्यकार तथा गीतकार जावेद अख्तरका छोरा फरहानले बलिउडमा गायक , अभिनेता , निर्देशक , निर्माता लगायतको परिचय बनाएका छन् । पछिल्लो समय बक्सरको कथामा बन्ने फिल्म ‘तुफान’ मा व्यस्त रहेका फरहान कोरोना भाइरस (कोभिड १९) को कारण घरमै छन् ।
यिनै फरहानले आफुलाई प्रोफेसनले कहिले फरक नपार्ने बताए । ‘म निर्देशक , निर्माता र कलाकार पनि हुँ तर , एक समयमा एकै काम गर्छु । अनि अरुको कामलाई कहिले इन्टरफेयर गर्दिन’ फरहानले भने । उनि आफुले जसरि काम गर्छन् , त्यस्तै वातावरण अन्य निर्देशकको लागि पनि बनाउने गरेको बताएका छन् । हालैको एक अन्तर्वार्तामा उनले पछिल्लो समय आफु निर्देशनको तुलनामा निर्माणमा बढी व्यस्त भएको बताए । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











