‘सुशान्त स-साना कुरामा खुसि हुन्थ्यो’

39 Shares

फिल्म । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले यो संसार छाडेको ४५ दिन बढी भइसकेको छ । आत्महत्याको रुपमा सुनिएता पनि उनको हत्या या उनलाई दुरुत्साहन गरिएको भन्दै परिवारले किटानी जाहेरी नै दिईसकेको छ । यससंगै सुशान्तको विषय पुनः चर्चामा आएको छ । उना फ्यानले सिबिआइ जांचको माँग गरिरहेका छन् । यद्दपी मुम्बई र बिहार पुलिसले आ-आफ्नो किसिमले अनुसन्धान गरिरहेका छन ।

यसैबीच सुशान्तकी पुर्व प्रेमिका अंकिता लोखंडेले त्यो आत्महत्या नहुन सक्ने संकेत गरेकी छिन् । भारतीय मिडियालाई प्रतिक्रिया दिदै उनले सुशान्त डिप्रेसनमा जाने क्यारेक्टर नरहेको प्रतिक्रिया दिएकी छन् । ‘सुशान्त निकै खुसि हुने केटा हो । एउटा चकलेटमा खुसि हुन्थ्यो । फिल्ममा काम नपाए आफ्नै क्यामेराले सर्ट फिल्म बनाउछु भन्थ्यो । अर्गानिक खेति गर्छु भन्थ्यो । अब भन्नुस त्यस्तो मान्छेले कसरी आत्महत्या गर्न सक्छ ?’ अंकिताले मिडियासामु प्रतिप्रश्न गरिन् । अंकिताले सुशान्तलाई पवित्र रिस्ता देखि नै डेट गरिरहेकी थिइन् ।

अंकिताको यस्तो बयान आएसंगै र सुशान्तको बैंक स्टेटमेन्ट चेक भएसंगै यो प्रकरण उनकी प्रेमिका रिया चक्रवर्ती तीर मोडिएको छ । सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्