सङ्गीत। नेपाली हिपहप रियालिटी शो `नेपहपको श्रीपेच´को कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिनेछ । विजेता र निर्णायकहरूले २०२३ को मे महिनामा सिड्नी, पर्थ र ब्रिस्बेनमा होस्ट र डिजेसँगै आफ्नो प्रस्तुति दिनेछन् । पहिलो सिजनको विजेता भाइबर साइमनले फस्ट रनर अप जेनिस क्षेत्रीसँगै कलाकारहरूको नेतृत्व गर्नेछन् ।
कार्यक्रम मे १२ मा सिड्नी, १७ मेमा पर्थ र १९ मे २०२३ मा ब्रिसबेनमा हुने तय गरिएको छ । कार्यक्रमका मुख्य निर्णायक मानस घले नेपालका चर्चित र्यापर हुन् र उनको उपस्थितिले प्रस्तुतिलाई नयाँ उचाइमा पुर्याउने निश्चित रहेको कार्यक्रम आयोजकहरू बताउँछन् । कार्यक्रम अस्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रमको प्रमुख प्रवर्द्धक हाइपेक्स इभेन्ट्स एन्ड इन्टरटेनमेन्टले आयोजना गरेको हो ।










