चौका दाउले पुरा गर्यो रविन्द्रको ईच्छा

फिल्म । पछिल्लो समयका राम्रा कलाकारमा पर्छन , रविन्द्र झा । उनले डेब्यु गरेको फिल्म ‘जात्रा’ मार्फत नै उनि नोटिस भए । त्यसपछि उनलाई फिल्मको कमि भएन । कमेडियनको रोलमा उनलाई रोजिन थाल्यो । उनको कमेडीमा दर्शक रमाएको पाएपछि निर्माता तथा निर्देशकले उनलाई कमेडियनकै रुपमा प्रस्तुत गरे । तराइको लवजमा उनको कमेडी दर्शकले रुचाए तर उनि भने आफुलाई निर्माता तथा निर्देशकले च्यालेंजिंग रोल दिन नसकेको गुनासो गर्छन । ‘मलाइ फरक रुपमा देखाउन नै चाहनु भएँन , सधै एकै किसमको रुपमा देखाउन खोजियो’ रविन्द्रले आफ्नो गुनासो सुनाए । तर चौका दाउमा उनि केहि फरक छन रे ।

‘फिल्ममा मलाइ फरक रुपमा पाउनु हुन्छ’ उनि थप्छन ‘फिल्मले मेरो इच्छा पनि पुरा गरेको छ , सन्तोष पन्तदाईसँग अभिनय गर्ने ईच्छा ।’ टेलिफिल्म ‘हिजो आजका कुरा’ मार्फत कलाकार पन्त धेरैको आइडल बनेका छन् । उनको कमेडी नहेर्ने सायदै हुन्थे । तर त्यतिबेला रविन्द्र स्कुले जीवनमा थिए , छिटफुट नाटक गर्थे जसले गर्दा उनको सन्तोष पन्तसँग देखिने सपना पुरा हुन्सकेन । जसलाई उनले चौका दाउ मार्फत पुरा गरे ।

फिल्ममा रविन्द्रले भूपतिको भूमिका निर्वाह गरेका छन् । रबिन्द्रकै भनाईमा उनी यो फिल्ममा जग्गा प्लटिङ गरेर बेच्ने व्यापारीको भूमिकामा छन् । फिल्ममा सन्तोष र रविन्द्रसँगै तैयब शाह, विल्सन बिक्रम राई र अजश्र ढुँगाना ,वर्षा राउत लगायतको अभिनय रहेको छ । यो फिल्मलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चौका दाउलाई सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् । पौष २७ बाट प्रदर्शनमा आउने यसफिल्मको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन् ।

कमेन्ट गर्नुहोस्