सुहनाको ‘चिट डे’ सार्वजनिक (भिडियो)

फिल्म । ‘ए मेरो हजुर ३’ को तेश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चिट डे’ बोलको गीतमा फिल्मकी नायिका सुहाना थापाको फिचर्ड छिन् । गीतमा प्रविशा अधिकारीको स्वर, प्रतिक पौडेलेको शब्द तथा संगीत रहेको छ । भिडियोको कोरियोग्राफी राहुल शाहले गरेका हुन् । झरना थापाको निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ३’ मा सुहानासँग युवा स्टार अनमोल केसी प्रस्तुत भएका छन् । सुनिल कुमार थापाले निर्माण गरेको फिल्म आउँदो शुक्रबार, चैत २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्