शुटिङ्गमा बनेको र बिग्रिएको ‘सम्बन्धहरु’

76 Shares

फिल्म । बलिउडकर्मीको प्रेम कसैसँग लुकेको छैन । बि-टाउनका सेलेब्स बीच हुने प्रेमले पेज थ्रीमा राम्रै स्थान पाउने गरेका छन् । फिल्ममा देखिने जोडीहरु रियल लाइफमा पनि प्रेममा पर्छन् । यद्दपी विवाहसम्म पुग्ने निकै कम छन् । अक्षय कुमार र ट्विन्कल खन्ना , अजय देवगन र काजोल , रणवीर सिंह र दीपिका पादुकोण लगायतका केहि उदाहरण छन् जसले प्रेम जीवनलाई विवाहमा परिणत गरे । तर , हामी यहाँ तपाइँलाई जानकारी दिदै छौ केहि सेलिब्रेटीको जसको फिल्ममा अभिनय गर्ने क्रममा नै ‘ब्रेक-अप’ भयो ।

रनबीर कपूर र आलिया भट्ट

पछिल्लो समय बलिउडमा हिट भएको जोडीमा पर्छ , रनबीर र आलिया । रनबीरका पिता ऋषि कपूर विरामी भएर अमेरिका उपचार गराईरहदा आलिया भेट्न समेत पुगेकी थिइन् । यी दुइको विवाहको चर्चा नभएको पनि हैन तर , ऋषिको स्वास्थ्यको कारण त्यो सम्भव भएन । यी दुइले पछिल्लो समय करण जोहरको निर्माण तथा आयान मुकर्जीको निर्देशन रहेको फिल्म ब्रह्मास्त्रमा काम गरेका छन् । तर पछिल्लो समय बलिउडमा भएको गसिपलाई आधार मान्ने हो भने यी दुइको सम्बन्ध सुमधुर छैन । लगभग ‘ब्रेक-अप’ भइसकेको छ । भारतीय मिडियामा यी दुइको विवाह र ब्रेकअपको खबर बराबर आउने गरेको छ । यद्दपी रनबीर र आलियाले यस विषयमा केहि बोलेका छैनन् ।

सारा अली खान र कार्तिक आर्यन

पछिल्लो समय बलिउडमा युवा-पुस्ता माँझ निकै चर्चा भएको जोडी हो , कार्तिक र साराको जोडी । यी दुइले पछिल्लो समयसँगै अभिनय गरेको फिल्म हो ,’लभ आजकल’ । साराले एक अन्तर्वार्तामा आफुलाई कार्तिकमा क्रस रहेको बताएपछी यी दुइको सम्बन्ध अगाडी बढेको थियो । यी दुइको सम्बन्ध चर्चामा आएपछि इम्तियाज अलिले फिल्ममा अभिनय गराएका थिए । यी दुइलाई फ्यानले सार्तिक पनि भन्ने गरेका थिए । तर , पछिल्लो समय यो जोडीको सम्बन्धमा पूर्ण विराम लागेको छ । फिल्म छायाँकनकै समयमा यी दुइको सम्बन्धमा आएको दरारले ‘ब्रेक-अप’ गराएको छ ।

शाहिद कपूर र करीना कपूर

बलिउडमा हिट जोडी मध्यको एक हो शहिद र करीनाको जोडी । करिनाकै को-स्टार भएर शहिदले ‘फिदा’ मार्फत बलिउडमा डेब्यु गरे । यी दुइको जोडीले राम्रै चर्चा पायो । यो जोडीलाई आइकनिक जोडी पनि भन्न थालिएको थियो । एकअर्कालाई सपोर्ट गर्नुका साथै यी दुइले केहि फिल्ममा सँगै काम पनि गरे । यद्दपी यी दुइको पनि अन्तिम फिल्म बन्यो ‘जव वि मेट’ । यहि फिल्मको छायाँकनको क्रममा यिनको सम्बन्धमा ‘ब्रेक’ लाग्यो । फिल्म त हिट भयो तर यो जोडीले आफ्नो सम्बन्धलाई अगाडी बढाउँन सकेन ।

अनुष्का शर्मा र रणवीर सिंह

बलिउडमा हिट जोडीमै पर्छन् , रणवीर र अनुष्का । यी दुइले एकसाथ केहि फिल्ममा काम गरेका छन् । जसले यिनलाई नजिक ल्यायो । सुरुवाती दिनमा सँगै भएकाले यी दुइ नजिक भए । मिडियामा गसिप पनि आयो । तर , यी दुइको सम्बन्धले निरन्तरता पाउँन सकेन । भनिन्छ यी दुइको सम्बन्धले ‘दिल धड्कने दो’ मा राम्रो सुरुवात गरेको थियो । तर , अन्त्यसम्म आइपुग्दा ‘ब्रेक-अप’ मा परिणत भयो । ‘ब्रेक-अप’ त अगाडी नै भैसकेको थियो तर त्यहाँ ‘प्याच अप’ हुन सकेन । यतिबेला रणवीरले दीपिका पादुकोणसँग विवाह गरेका छन् भने अनुष्काले पनि क्रिकेटर विराट कोहलीसँग विवाह गरिन् ।

आलिया भट्ट र सिद्धार्थ मल्होत्रा

बलिउडमा एकसाथ डेब्यु गर्ने कलाकार हुन् आलिया र सिद्दार्थ । करण जोहरको निर्माण तथा निर्देशनमा तयार फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत डेब्यु गर्ने क्रममा आलिया र सिद्धार्थ नजिक भए । यी दुइको प्रेमको खबरले मिडियामा राम्रै स्थान पायो । सुरुवाती दिनमा भएकाले आलिया र सिद्धार्थले पनि मिडिया ‘ह्यान्डल’ गर्न सकेनन् । जसले गर्दा यी दुइको सम्बन्ध बाहिर आयो । यी दुइको लभ लाइफ राम्रै गईरहेको थियो । तर , पछिल्लो फिल्म ‘कपूर एण्ड सन्स’ मा काम गर्ने क्रममा यी दुइको ‘ब्रेक-अप’ भयो ।

ऐश्वर्या राय र सलमान खान

बलिउडमा जब सेलेब्स प्रेमको कुरा आउछ , सलमान र ऐश्वर्याको कुरा नहुने कमै संयोग हुन्छ । बलिउडमा सलमान र ऐश्वर्याको प्रेम कसैसँग लुकेको छैन । यी दुइको प्रेम ‘हम दिल दे चुके सनम’ मार्फत सुरु भएको थियो । संजाल लीला भन्सालीको यो फिल्मबाट जोडिएको सम्बन्ध त्यसको केहि समयपछी सकियो । सलमानको बानीले गर्दा ऐश्वर्याले ‘ब्रेक-अप’ गर्नु परेको खबर मिडियामा आयो ।

अमितााभ बच्चन र रेखा

बलिउडमा अव्यक्त प्रेमको रुपमा अमिताभ र रेखाको प्रेमलाई हेरिन्छ । यी दुइले केहि फिल्ममा सँगै काम गरेका छन् , जसले प्रेम पलायो । यी दुइले मिडियामा प्रेम स्वीकारेका छैनन् तर बि-टाउनमा यिनको प्रेमको चर्चा धेरे भएको थियो । यी दुइले अन्तिम समयमा ‘शिलशिला’ मा काम गरेका थिए । यो फिल्मको छायाँकनको समयमा अमिताभ र रेखाको सम्बन्धमा ब्रेक लागेको भारतीय मिडियामा उल्लेखित छ । त्यसपछि अमिताभ घरजम गरे तर , रेखा अझै अविवाहित छिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्