मलाइकाले बोलिन् डिभोर्सको बारेमा

फिल्म । बलिउडमा मुन्नीको उपनाम पाएकी मलाइका अरोडाले आफो वैवाहिक जीवन टुंग्याउदै अभिनेता अरबाज खानसँग डिभोर्स मागेकी थिइन् । एक बच्चाको आमा समेत रहेकी मलाइकाले आफ्नो दुइ दशक लामो प्रेमपछीको विवाहलाई टुंग्याउन मागेको डिभोर्सले निकै चर्चा पायो । यसैको विषयमा उनले एक अन्तर्वाताको क्रममा बोलेकी छिन । डिभोर्सपछी पनि यस विषयमा नबोल्दै अरबाजसँग छोराको लागि बेलाबखतमा देखिने गरेकी मलाइकाले यो खुसिको लागि गरेको बताइन ।

उनले करिना कपूर खानसँगको रेडियो अन्तर्वार्ताको क्रममा भनिन् ‘हामी हाम्रो कारणले परिवारमा समस्या चाहदैन थियौ , यसैले आपसी सहमतिमै अलग भएका हौ ।’ उनले यो निर्णय लिनु अगाडी धेरै पटक सोचेको बताइन । ‘मैले धेरै सोचे तर म खुसि थिइन् , त्यसकारण मसँग विकल्प थिएन ।’ तर उनले छोराको खुसिको लागि आफुले अरबाजलाइ भेट्ने गरेको बताइन र राम्रो साथी नभएता पनि सम्बन्ध राम्रो रहेको बताइन । उनि पछिल्लो समय एक्टर अर्जुन कपूरसँग नजिक छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्