यसकारण रोकियो ‘गुलाब जामुन’

जयहोस्फिल्म ‘रावण’पछी सँगै देखिने तयारीमा रहेका रियललाइफ जोडी अभिषेक बच्चन र ऐश्वर्य रायको अभिनय रहने फिल्म ‘गुलाब जामुन’ को छायाँकन पोष्टपोण्ड भएको छ । आउदो महिनालाई सेड्युल समेत तयार भईसकेको फिल्म अब कहिले फ्लोरमा जान्छ भन्ने तय हुन् बाकी रहेको भारतीय मिडियामा खबर छ । पछिल्लो समय फिल्ममेकरको समुह फ्यान्टम ढिसमिस भएसँगै त्यहि ब्यानरमा बन्ने तयारीमा रहेको अभिषेक र ऐश्वर्याको फिल्म पनि बन्ने या नबन्ने टुङ्गो छैन । त्यस ब्यानरमा निर्माण भइरहेका केहि फिल्म अन्य ब्यानरमा पुगेका छन् तर ‘गुलाब जामुन’ को टुङ्गो अझै लागेको छैन । यसकारण पनि यो फिल्म नबन्ने सम्भावना बढ्दो छ ।
कमेन्ट गर्नुहोस्