‘मिस नेपालको टाइटलले मात्र धान्दैन’

फिल्म । सन् २०१७ कि मिस नेपाल भएकी निकिता चाण्डक पछिल्लो समय मिडियामा छाएकी छिन् । उनको डेब्यु फिल्म ‘साङ्लो’ आउँदो २४ गतेबाट प्रदर्शन हुँदैछ । यसैले गर्दा पनि उनको चर्चा चुलिनु स्वभिक नै हो । उनले पनि मिस नेपाल भए लगतै अभिनय गर्ने ईच्छा जाहेर गरेकी थिइन् । तर , उनले डेब्यु गर्ने मौका बल्ल पाइन् । ‘मलाइ अभिनय गर्ने मन थियो , त्यसैले मनको कुरा भनेकी हुँ’ उनले भनिन् । निकिताले अभिनयको प्रशिक्षण त लिएकी छैनन् तर सोच भने बनाएकी थिइन् ।

‘म अभिनय सिक्ने तयारीमा थिए , यसको लागि लगभग तय भईसकेको थियो तर फिल्म अफर भयो’ उनले भनिन् । यद्दपी उनले फिल्ममा विराज भट्टसँग धेरै सिकेको बताउछिन् । ‘विराज दाइको अनुभवले मलाइ धेरै कुरा सिकाएको छ’ उनले भनिन् । उनलाई ‘रानीमहल’ रोकिएकोमा पछुतो छैन । ‘सायद राम्रो हुन् रहेछ , मैले बुझेकी छु । जे हुन्छ , राम्रै हुन्छ’ निकिता विश्वस्त छिन । फिल्ममा रहेको आफ्नो भूमिकालाई उनले ट्रेलरमा नखुलाइएको बताइन । ‘निर्माण पक्षले मलाइ ट्रेलरमा सस्पेन्स झैँ राख्नु भएको छ , दर्शकले हलमा पुगेर मेरो भूमिकाको बारेमा जान्नु हुनेछ’ उनले भनिन् ।

किड्नी तस्करीको कथामा आधारित फिल्मले मनोरंजनसँगै सामाजिक संदेश पनि दिने उनको बुझाइ छ । यस अर्थमा पनि उनको फिल्ममा भूमिका अभियानताको हुन् सक्ने अनुमान लगाइएको छ । उनलाई इस्यु बोकेको फिल्म मन पर्छ । सामाजिक सञ्जाल मार्फत पनि त्यस्तै फिल्म गर्ने सल्लाह उनले पाएकी छिन् । यद्दपी उनि काम गर्दै गएपछि त्यस्ता फिल्म पनि गर्ने बताउछिन् । ‘मैले सल्लाह त पाएकी छु तर म मिस नेपाल भएकै कारण त्यो सम्भव छैन’ उनले भनिन् ,’हरेक वर्ष मिस नेपालको तेज फरक फरक टाउकोमा जान्छ , त्यसैले पनि हामी डिमाण्ड गर्ने अवस्थामा छैनौ ।’

उनले आफ्नो छुटै पहिचान नभएसम्म मिस नेपालको टाइटलले नधान्ने समेत प्रस्ट्याईन । ‘मैले म मिस नेपाल हुँ भनेर कसैले फिल्म दिदैन , त्यसको लागि प्रतिभा नै चाहिन्छ’ निकिताले भनिन् । डेब्यु फिल्मको प्रतिक्रियापछी उनले आफु कसरि अगाडी बढ्ने भन्ने निधो गर्नेछिन । फिल्ममा उनका को-स्टार , निर्देशक र निर्माता छन् विराज भट्ट ।

विराजले निकितामा प्रचुर सम्भावना रहेको औल्याए । ‘उनले काम मेहनतका साथ गर्छिन् , मैले भविष्य देखेको छुँ’ विराजले कलाकारसँगै निर्देशकको आँखाले सुन्दर भविष्य औल्याए । उनले निकितानै पहिलो रोजाई रहेको समेत बताए । ‘हामीले एउटा लिस्ट बनाएका थियौं , जहाँ निकिताको पनि नाम थियो’ विराज भन्छन् ,’हामीले निकितानै फाइनल गरेर कुरा अगाडी बढाएका हौँ ।’त्यसो त निकिताले कस्तो अभिनय गरेकी छिन्, त्यसका आधारमा उनको थप तारिफ हुने पक्का छ ।

यसअघि सार्वजनिक भएका गीत र ट्रेलरले पनि दर्शकको ध्यान खिचेका छन् । डेब्यु फिल्मबाटै निकिताले जुन चर्चा पाएकी छिन्, यस्तो चर्चा कमै अभिनेत्रीले पाउने गरेका छन् । निकिता स्वयम् पनि यो फिल्मभन्दा राम्रो डेब्यु अरु हुन नसक्ने बताईसकेकी छिन् । अहिलेलाई यति आशा गर्न सकिन्छ, ‘साङ्लो’ ले पाउने दर्शकको कारण एक्सन स्टार विराज भट्ट मात्र नभएर निकिताको पनि उत्तिकै भूमिका हुनेछ ।

कमेन्ट गर्नुहोस्