मिरुना बनिन् ‘मनसरा’

फिल्म । यसवर्ष फिल्म ‘जारी’ प्रदर्शन भएपछि सफल जोडीको रुपमा चित्रण गरिएको अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर एकपछि अर्को फिल्ममा देखिने क्रम जारी नै छ । यसैबीच यी दुईको अभिनय रहेको फिल्म ‘मनसरा’ आउँदो वर्ष विसं २०८१ को वैशाह २१ मा प्रदर्शन घोषणा गरिएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्ममा शिर्ष भूमिकामा मिरुना देखिनेछिन् ।

फिल्ममा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकी लगायतका कलाकारहरूको बलियो लाइनअप तयार गरेका निर्देशक सुब्बाकै लेख्न रहेको फिल्मलाई छायाँकार शैलेन्द्रध्वज कार्कीले निर्माण गर्दैछन् । यसमा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

कमेन्ट गर्नुहोस्