नेफ्टा अवार्ड फागुनमा हुने

फिल्म । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यसै वर्षको फागुनमा हुने भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने जानकारी सहित प्रेस विज्ञप्तिमार्फत जारी गरेको छ । नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

हाल जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा फिल्मी क्षेत्रलाई थप चलायमान र सकृय बनाउन यहि बर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको नेफ्टाले बताएको छ । कोभिड १९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले विज्ञप्तिमा उल्लेख गरेको छ । गत बर्षको चैत्र २२ लाई टुंडिखेलमा हुनेगरी तय भएको अवार्ड कार्यक्रम संसारभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो ।

कमेन्ट गर्नुहोस्