फिल्म । बलिउड एक्ट्रेस कंगना रनौत बेलाबखतमा विवादमा आइरहन्छिन । यिनी पछिल्लो समय पनि उनकोआगामी रिलिज ‘जजमेन्टल है क्या’को गीत सार्वजनिक समारोहमा संचारकर्मीसँग अभद्र व्यवहार गरेपछि विवादमा तनिएकि छिन् । त्यसपछि ‘इन्टरटेनमेन्ट जर्नालिस्ट गिल्ड अफ इण्डिया’ ले कंगनाले माफी माग्नुपर्ने माग गरेका छन् । फिल्मकी निर्मात्री एकता कपूरलाई पत्राचार गर्दै यस्तो मांग गरिएको हो । यदि उनले माफी नमागेमा इएफजे अन्तर्गतका पत्रकारले फिल्मको बारेमा कुनै पनि खबर सम्प्रेषण नगर्ने समेत चेतावनी दिएका छन् ।
सो कार्यक्रममा उपस्थित एक पत्रकारमाथि कंगनाले उनी अभिनित, निर्मित तथा निर्देशित पछिल्लो सिनेमा ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’माथि गरिएको नकारात्मक टिप्पणी जानाजान र नियतवश गरिएको आरोप लगाएकी थिइन् । सो आरोपको ती पत्रकारले प्रतिवाद गरेपछि विवाद बढ्दै गएको थियो। सो विवादलाई नियन्त्रणमा लिन निर्मात्री एकता कपुर तथा अभिनेता राजकुमार रावले स्थितिको सहजीकरण गर्नुपरेको थियो।
Entertainment Journalists’ Guild of India boycotts Kangana Ranaut, decides to “not give her any media coverage” over an incident where she accused a journalist of running a “smear campaign” against her at a song launch event of movie ‘Judgementall Hai Kya’. pic.twitter.com/ysOOV5KYrE
— ANI (@ANI) July 9, 2019











