‘चिया पारखी’ हुन् त साम्राज्ञी ?

फिल्म । पछिल्लो समयकि फिल्मलाई हाक्न सक्ने लेडीको रुपमा चिनिन्छिन , साम्राज्ञी राज्यलक्ष्मी शाह । अनमोल केसीको को-स्टार बनेर फिल्म ‘ड्रिम्स’ मार्फत डेब्यु गरेकी साम्राज्ञीले त्यस यता नयाँ अनुहारहरुसंग मात्र काम गरेकी छिन् । सलिनमान बनिया , धिरज मगर लगायतसंग काम गर्दा पनि उनकै स्टारडमले काम गर्यो । फिल्म बक्स अफिसमा सफल रहे । सुरुवाती रुपमा चर्चामा ल्याउने काम साम्राज्ञीले नै गरिन् भन्दा फरक नपर्ला ।

यिनै साम्राज्ञीको फिटनेसको राज के हो त ? उनि भन्छिन् खानपिन । ‘म खान पिनमा निकै ध्यान दिन्छु’ उनले भनिन् । चियापानमा अतिथि बनेर आइपुगेकी उनको रोजाइमा पर्यो ‘लेमन टि’ । के उनि चियाको पारखी हुन् त ? ‘म त्यति धेरै चिया पिउदिन किनकी यसले ग्यास्टिकलाई मदत पुग्छ भन्ने सुनेकी छु’ उनि भन्छिन् ‘पिउँदा भने लेमन , ग्रीन टि पिउछु ।’

पछिल्लो समय मारुनी र रातो टीका निधारमा मार्फत उनि दर्शक समू आउंदैछिन् । यस पटक उनको कथा राम्रो रहेको र क्यारेक्टर बलियो रहेको उनले बताउदै आएकी छिन् । ‘अघिल्लो फिल्ममा मलाइ बोल्ड देखाउने प्रयत्नमा निर्देशक हुनुहुन्थ्यो’ उनले भनिन् ‘यसपटक मेरो क्यारेक्टर र संवाद नै बोल्ड छ ।’ उनि निकै आशावादी छिन् । मारुनी भाद्र १३ र रातो टीका निधारमा असोज १० मा प्रदर्शन हुँदैछ ।

तस्वीरहरु : आर्यन विमली

कमेन्ट गर्नुहोस्