डिसीने अवार्ड : सलिन र नम्रता सर्वोत्कृष्ट (फोटो फिचर)

फिल्म । डिसीने अवार्डको एघारौ संस्करण काठमाण्डौमा सम्पन्न भएको छ । उत्कृष्ट नायकको अवार्ड सलिनमान बनियाले फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ बाट पाएका छन् भने उत्कृष्ट नायिकाको अवार्ड फिल्म प्रसादबाट नम्रता श्रेष्ठले पाइन् । यसैगरी सम्पन्न अवार्डमा यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको छ । निर्देशक तथा अभिनेता नीर शाह पूसस्त फिल्ममा अभिनय गर्नुका अलावा बसन्ती, राजमति, सेतोबाध जस्ता अव्वल निर्देशक हुन् । विगत ५० वर्षभन्दा लामो अवधिदेखि टेलिभिजन एवं फिल्ममा सक्रिय शाह अब्वल कलाकार एवं निर्देशकका रुपमा परिचित छन् । यसैगरी छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मुलत पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि फिल्म निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिएको छ भने छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत भएका छन् । प्रदान गरिने सम्मान एवं पुरस्कार अन्तर्गत छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु २५०२५।– सहित प्रमाण–पत्र दोसल्लाको सम्मान रहेको छ भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान–०७६ मा प्रमाण–पत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको हो । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारमा नगद रु ११,१११।– सहित प्रमाण–पत्र एवं दोसल्ला सम्मान गरिएको हो । अवार्डको बारेमा बोल्दै अध्यक्ष शान्तिप्रियले सक्दो कम विवाद ल्याउने तर्फ आयोजक रहेको बताए । ‘अवार्ड भनेपछि विवाद त आइहाल्छ हाम्रो ध्यान कम विवाद ल्याउनेमा रहेको छ’ उनले सम्बोधन गर्दै भने ‘हामीले जतिबेला सुरु गरेका थियौ त्यतिबेला डिजिटल फिल्म निकै कम बन्थे अहिले सबै डिजिटल छन् , खुसि लाग्छ ।’ यसैगरी जुरी संयोजक लेखक तथा निर्देशक मोहन निरौलाले पनि आफुहरु सक्दो न्याय गर्ने कोसिस गरेको बताए । ‘हामीले निर्णय लिदा कसलाई काखापाखा नगर्दै कामको आधारमा मुल्यांकन गरेका छौ ।’ अवार्ड कार्यक्रममा फिल्मकर्मी तथा मिडियाकर्मीको उपस्थिति रहेको थियो । अवार्ड विजेताको सुची यस्तो छ उत्कृष्ट पाश्र्वसंगीत – जेसन कुवर, प्रवेश मल्लिक (भोर) उत्कृष्ट साउण्ड डिजाइन – मुकेश शाह (डमरुको डण्डीवियो) उत्कृष्ट गीतकार – राजेश श्रेष्ठ- फूल होईन (रोज) उत्कृष्ट गायिका – विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा –३) उत्कृष्ट गायक – डेविड शंकर – पहिलो नम्बरमा (छक्का पञ्जा –३) उत्कृष्ट लोक संगीत संगीतकार – दीपक शर्मा -पहिलो नम्बरमा (छक्का पञ्जा –३) उत्कृष्ट संगीतकार – एलिस कार्की -फूल होइन (रोज) उत्कृष्ट लोकगीत नृत्य निर्देशक – बसन्त श्रेष्ठ – उम्लियो भने (जय भोले) उत्कृष्ट नृत्य निर्देशक – कविराज गहतराज – तिम्रो लागि (राम काहानी) उत्कृष्ट द्वन्द्व निर्देशक – हिमाल के. सी (यात्रा : अ म्यूजिकल भ्लग) उत्कृष्ट बालकलाकार – एञ्जल राई (हैरान) उत्कृष्ट हाँस्यकलाकार – केदार घिमिरे (छक्का पञ्जा –३) उत्कृष्ट खलपात्र – माओत्से गुरुङ (चङ्गा चेट) उत्कृष्ट कथा – दीपेन्द्र लामा (गोपी) उत्कृष्ट पटकथा – सम्राट शाक्य (यात्रा : अ म्यूजिकल भ्लग) उत्कृष्ट संवाद – सुशील पौडेल (प्रसाद) नव नायिका – सुहाना थापा (ए मेरो हजुर ३) उत्कृष्ट नव नायक – घिरज मगर (इन्टु मिन्टु लण्डनमा) उत्कृष्ट नव निर्देशक – सम्राट शाक्य (यात्रा : अ म्यूजिकल भ्लग) उत्कृष्ट चरित्र अभिनेत्री – लक्ष्मी गिरी (छक्का पञ्जा –३) उत्कृष्ट चरित्र अभिनेता – सरोज खनाल (क्याप्टेन) उत्कृष्ट सह–अभिनेत्री – नम्रता सापकोटा (समर लभ) उत्कृष्ट सह–अभिनेता – शलोन बस्नेत (यात्रा : अ म्यूजिकल भ्लग) उत्कृष्ट छायाँकार – सञ्जय लामा (ए मेरो हजुर –३) उत्कृष्ट सम्पादक – विपिन मल्ल (छक्का पञ्जा –३) उत्कृष्ट अभिनेत्री – नम्रता श्रेष्ठ (प्रसाद) उत्कृष्ट अभिनेता – सलिनमान बनिया (यात्रा :अ म्यूजिकल भ्लग) उत्कृष्ट निर्देशक – दीपाश्री निरौला (छक्का पञ्जा –३) उत्कृष्ट पपुलर चलचित्र – ए मेरो हजुर –३ (सुहाना इन्टरटेनमेन्ट) क्रिटिक्स​ अवार्ड​ – यात्रा : अ म्युजिकल​ भ्ल​ग​ जुरि अवार्ड​ – डमरुको डण्डीवियोईन्करेज​मेन्ट​ अवार्ड​ – श्रीदेव भट्टराई (सुकुल​गुण्डा) उत्कृष्ट फिल्म – छक्का पञ्ज –३ (आमा सरस्वती मुभिज) तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्