‘च च हुई पूर्ण मनोरञ्जक छ’

17 Shares

फिल्म । अभिनेता आर्यन सिग्देल राम्रो अभिनेतासंगै निर्माता पनि हुन् । अभिनेता सिग्देलले डेढ दशकसम्म ३० भन्दा बढी नेपाली फिल्ममा नायकका रूपमा काम गरिसकेका छन् । उनले आफ्नै लगानीमा फिल्म नोभेम्बर रेन , क्लासिक र काइरा पनि निर्माण गरे । काइराले सोचे अनुसारको बिजनेस गर्न नसकेपछि उनले केहि समय निर्माणमा विश्राम लिएका छन् । यसको कारणमा उनले सोचे अनुसारको कथाको कमि औल्याएका छन । ‘फिल्म बनाउन तयार छु । तर, मैले भनेको जस्तो स्क्रिप्ट पाएको छैन’ उनले बताए । आउँदो मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘च च हुई’ मा देखिन् लागेका आर्यन पछिल्लो समय फिल्म छनौट र निर्माणमा निकै होस् पुर्याउन थालेका छन् ।

‘केहि समय साथीभाई भनियो तर अब आफ्नो लागि आफै सचेत हुनुको विकल्प छैन’ आर्यनले भने । साम्तेन भुटियाको निर्देशन तथा सम्पादनमा तयार फिल्ममा आर्यनले प्रेमको भूमिका निर्वाह गरेका छन् । नेपालबाट सानैमा हङकङ पुगेको हुन्छन् , प्रेम । काम र लाइफलाई सिरियस रुपमा नलिने प्रेम मोज मस्तीमै मस्त छन् । उनको लाइफमा कुनै उदेश्यनै छैन नत जीवनमा कोहि । उनका नातेदार भनौ वा साथि भोलानै छ । जोसंग उनिसंगै काम गर्छन । यिनै प्रेम एउटा परिस्थिति सिर्जना भएपछी नेपाल फर्किन्छन । नेपाल फर्किएर उनि हिमाल पुग्छन । त्यसपछि उनको जीवनले नयाँ मोड लिन्छ ।

प्रेमले धेरै दर्शकलाइ रिलेट गर्ने उनको बुझाइ छ । त्यसो त फरक फिल्म गर्दै आएका साम्तेनलाई उनले कमर्सियल निर्देशक मान्छन । ‘मैले उहामा आर्ट त पाए तर मान्छे पूर्णतया कमसियल’ आर्यनले भने ,’सुरुमा मलाइ डर लागेको थियो कि मलाइ थ्रिलर वा हरर फिल्म अफर आउने होकी भनेर तर पहिलो भेटमै कमर्सियल गर्दैछु भन्ने सुनेपछि म ढुक्क भए ।’ आर्यन र साम्तेनले एक अर्कासंग काम गर्न चाहेपनि संयोग जुरेको थिएन । ‘आर्यन एक पूर्ण अभिनेता हुन् त्यसैले काम गर्ने रहर त थियो तर स्क्रिप्ट उनलाई सुहाउने पाएको थिइन्’ साम्तेनले भने ,’मैले प्रेममा आर्यनलाई देखे र उनले क्यारेक्टरमा जीवन भरेका छन् ।’

जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको हो । आर्यन र भोला हङकङमा काम गरिरहेका दुइ युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्