कबड्डी कबड्डी कबड्डीको बम्पर ओप्निङ

फिल्म । यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ ले बम्पर ओप्निङ गरेको छ । शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको यो फिल्मलाई लिएर फिल्मकर्मी मात्र होइन , हल संचालक पनि उत्तिकै आश्वादी थिए । जसअनुसार यसले सर्वाधिक शो पनि आएको थियो । पाएको शोलाई यसले पूर्णरुपमा सदुपयोग गरेको छ ।

फिल्मले पहिलो दिन मात्र नेपालभरबाट १ करोड ४७ लाखको ग्रस कलेक्सन गरेको हो । यो कुनै पनि नेपाली फिल्मले पहिलो गरेको ग्रस कलेक्सनमा अधिक हो । फिल्मलाई उपत्यका वितरण गरेको कम्पनि स्टेसन फाइभका सीईओ प्रचण्डमा श्रेष्ठले फिल्मले पाएको शोलाई सदुपयोग गरेको बताए । शो पाएसँगै दर्शक आइदिदा फिल्मको ग्रस कलेक्सनले इतिहास बनेको समेत उनले बताए ।

फिल्मले पहिलो दिन उपत्यकामा ८१ लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको छ जसमा २९ लाखको हाराहारीमा क्युएफएक्समै कलेक्सन रहेको छ । यसैगरी यसले उपत्यका बाहिर ६६ लाख बराबरको ग्रस कलेक्सन गरेको बुझिएको छ । फिल्मले चितवनमा मात्र १० लाख माथिको ग्रस कलेक्सन गरेको हो । यसैगरी मोफसलमा शुक्रबार ११ बजेपछिको अधिकांस शो हाउसफुल रहेका थिए ।

फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले फिल्मलाई सर्वाधिक ६५ शो दिएको थियो । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्ने फिल्मको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

कमेन्ट गर्नुहोस्