‘घामड शेरे’ लाई क्युएफएक्समा कति शो ?

301 Shares

फिल्म । प्रदर्शन मिति सारेरे कार्तिक २२ मा पुगेको फिल्म ‘घामड शेरे’ को बुकिङ्ग खुलेको छ । फिल्मको बुकिङ्ग मंगलवार नै क्युएफएक्समा खुलेको हो ।क्युएफएक्सले काठमाडौंको स्टेशनमा फिल्मलाई १४ शो दिएको छ । बुकिङ खुलेसँगै दर्शकले आफ्नो सिट ‘रिजर्भ’ गर्न थालिसकेका छन् । क्युएफएक्स अन्तर्गत लबिम मलमा ४ शो , सिभिल मलमा ४ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो , जय नेपालमा ३ शो दिएको छ । हेमराज बिसी निर्देशित फिल्ममा एक किसानले प्राकृतिक विपतले भोग्नु परेको समस्यालाई देखाइएको छ । पछिल्लो समय सरकारी कर्मचारीले गर्ने सानो लापरवाहीले एउटा किसानको खेत बगाउदा पर्ने पिडालाई फिल्ममा देखाइएको हो ।

फिल्मका लिड कलाकार अर्थात् शेरे निश्चल बस्नेतले यसमा घामड व्यक्ति चरित्र निर्वाह गरेका छन् । फिल्मममा निश्चलको अपोजिटमा सुष्मा निरौला र स्वस्तिमा खड्का छिन् । सुष्मा श्रीमतीको भूमिकामा छिन भने स्वस्तिमा सालीको । फिल्मको अधिकांश छायांकन सुर्खेतमा भएको छ । फिल्ममा निश्चल एक किसानको भूमिकामा छन् ।

उनले आफ्नो जीवनमा आउँने बाधा-अड्चनलाई कसरि जित्छन , फिल्मयसमै केन्द्रित रहेको छ । निर्देशक बिसीको होम प्रोडक्सन कम्पनी बिसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् । रिलिज नजिकिदै गर्दा निर्माण युनिटले फिल्मको दोस्रो ट्रेलर पनि सार्वजानिक गरेको छ ।

तपाईको प्रतिक्रिया