फिल्म । फिल्म ‘मनसरा’ को छायांकन सकिएको छ । गत पुष २१ गतेदेखि छायांकन प्रारम्भ भएको फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । यसको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा तीस दिनसम्म गरिएको हो । पाँचथरमा कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ ।
फिल्ममा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् ।
कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।
कमेन्ट गर्नुहोस्










