झरनाको बर्थडेमा ‘ए मेरो हजुर ३’ ट्रेलर (भिडियो)

फिल्म । अभिनेत्री झरना थापाले आफ्नो जन्मोत्सवको अवसर पारेर आफ्नो फिल्म ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक गरेकी छिन । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले ट्रेलर सार्वजनिक गरेकी हुन् । प्राविधिक कारणले युट्युबमा ट्रेलर नआएता पनि उपस्थित माँझ भने देखाइएको ट्रेलरले राम्रै रेस्पोन्स पाएको थियो । फिल्ममा अनमोल केसी गायकको भूमिकामा छन् भने झरनाकी छोरी सुहाना थापा यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् । उनले आफ्नो छोरी पनि आफ्नै बाटोमा हिडेकोमा खुसि व्यक्त गरिन् । ‘दर्शक तथा फिल्मकर्मीबाट मैले पाएको मायाको सदा आभारी रहनेछु’ उनले भनिन् ‘मलाइ झैँ साथ् र माया मेरो छोरी सुहानालाई पनि दिनुहुनेछ भन्नेमा विश्वस्त छु ।’

चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् भने यसलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा अनमोल र सुहानासँगै सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काले सम्पादन गरेका छन् । 

तस्वीरहरु : आर्यन बिमली

Facebook Comments