सर्यो ‘सिम्बा’

बलिउड । पछिल्लो समय बलिउडमा फिल्म रिलिज हेरफेर भईरहेको छ । एकपछि अर्को फिल्मले रिलिज मिति सारिरहेका छन् । यसै शिलशिलामा फिल्म ‘सिम्बा’ पनि सर्ने भएको छ । डिसेम्बर लास्टमा रिलिज हुने तयारीमा रहेको फिल्मको काम पुरा नहुने भन्दै निर्माण पक्षले यसलाई सार्ने भएको छ ।

फिल्मको छायाँकन समाप्त भएपनि प्राविधिक काम पुरा नभएको हुदा फिल्मको डेट सार्न लागिएको भारतीय मिडियामा उल्लेख छ । त्यसो त एक हप्ता अगाडी शाहरुख खान अभिनित फिल्म ‘जिरो’ रिलिज हुने भएकाले पनि सिम्बा युनिटले फिल्मलाई पोस्टपोण्ड गरेको हुन् सक्छन । यता फेरी रणवीर सिंह विहेमा व्यस्त हुनेचन ।

दीपिका पादुकोणसँग विवाहमा बाधिएपछी रणवीर केहि समय घरकै काममा व्यस्त हुनेछन । फिल्म ‘सिम्बा’ को ट्रेलर डिसेम्बर ३ मा रिलिज हुदैछ , त्यहि समयको यसको नयाँ डेट घोषणा गरिने छ । तर फिल्मको नयाँ डेट जनवरी ११ रहेको केहि मिडियाले उल्लेख गरेका छन् । रोहित शेट्टी निर्देशित फिल्ममा रणवीरसँगै साराअलि खान पनि छिन । यो फिल्म साउथ इण्डियन फिल्म ‘टेम्पर’ को रिमेक हो ।

कमेन्ट गर्नुहोस्