फिल्म । आर्यन सिग्देल र नम्रता श्रेष्ठले पहिलो पटक सन् २००९ मा फिल्म ‘मेरो एउटा साथी छ’ मा एकसाथ काम गरेका थिए । त्यस समयमा यो जोडीलाई निकै रुचाइयो । यी दुइको कामलाइ पनि । त्यसपछि यिनले नोभेम्बर रेन , क्लासिकमा सँगै काम गरे । यिनले फिल्म मार्फत नै एक अर्कालाई चिनेको झन्डै एक दशक भैसकेको छ । तर , यसबीचमा यी दुइको सम्बन्धमा दरार आएको खबर आयो । आर्यन र नम्रताको ‘बोलचाल’ नै छैन भन्ने गसिप पनि मिडियामा नआएको होइन । तर , गत आइतवार जब यी दुइको भेट भयो माहोल यस्तो देखिएन ।
जय होस्ले तयार गर्ने शो ‘चियापान विथ नरेश भट्टराई’ मा अन्तर्वार्ता दिन आइपुगेका आर्यन र नम्रता जब भेटे , मिडियामा आएको जस्तो सम्बन्धमा दरार नआएको देखियो । केहि समय यता भेटघाट बाक्लो नभएको भएता पनि यी दुइले एक अर्काको पछिल्लो खबर शेयर गरे । नम्रताले आर्यन र उनको छोराको बारेमा चासो राखिन् ।
पारिवारिकसँगै यी दुइले एक अर्काको फिल्मको बारेमा पनि जानकारी लिए , भलाकुसारी गरे । आर्यन आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘हजार जुनीसम्म’ को प्रमोसनको लागि आइपुगेका थिए भने नम्रता पनि आफ्नो फिल्म ‘जाइरा’ को लागि । आर्यनले नम्रतालाई ‘नमि’ भन्छन् भने नम्रताले आर्यनलाइ ‘एलियन’ भन्छिन् । यी दुइ नजिककै हुन् भने लभ स्टोरीमा यो जोडीलाइ दर्शकले पनि रुचाएका छन् । दर्शकको अझै पनि चाहणा यी दुइलाई सँगै हेर्ने नै छ । यस विषयमा दुइले नै कथाअनुसार आफुहरु फिल्म खेल्न तयार रहेको बताए ।










