बालेन हेरे ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’

फिल्म । दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ लाई दर्शकले साथ दिईरहेका छन् । मेकिङ्गका कारण दर्शकको रोजाईमा परिरहेको फिल्मको सामाजिक सञ्जालमा चर्चा बढेपछि काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले समेत हल पुगेर फिल्म हेरेका छन् । मेयर शाह केही दिन अगाडि पत्नी सविना काफ्लेसहित फिल्म हेर्न पुगेका थिए ।

फिल्म हेरेपछि नगरप्रमुख शाहले कलाकारको अभिनयको तारिफ गरे । उनले फिल्म हेरिरहेको थाहा पाएपछि अभिनेता नाजिर हुसेन ‘केटी हराएको सूचना : मिसिङ’को छायांकनलाई रोकेरै हलमा पुगेका थिए ।

दोस्रो सातामा चलिरहेको सौरभ चौधरी निर्देशित फिल्मको प्राइम टाइम र डेको अकुपेन्सी अझै पनि सुखद छ । दोस्रो सप्ताहन्तमा यसको अकुपेन्सी ७० प्रतिशत रहेको हल सञ्चालक बताउँछन् । फिल्मले पछिल्लो समय अष्ट्रेलियामा समेत दर्शकको राम्रो साथ पाइरहेको छ ।

यतिबेला हलमा स्वदेशी र विदेशीसहित ६ फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ । यसका बावजूद पनि फिल्म व्यापारमा कमजोर देखिएको छैन । दोस्रो हप्तामा देशभरका हलमा फिल्मको अकुपेन्सी ७० प्रतिशतमाथि रहेको छ ।

देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई देशभर १९ शो दिएको छ । कमजोर समीक्षा पाउँदा पनि फिल्मको व्यापार स्थिर रहनु निर्माण टिमका लागि ठूलो जीत देखिएको छे ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्